सर्वसाधारण अन्यौलमा, फरक खोप लगाउन सरकारको अनुरोध

सर्वसाधारण अन्यौलमा, फरक खोप लगाउन सरकारको अनुरोध

काठमाडौं । पहिले लगाएको खोप भन्दा फरक बुस्टर खोपको मात्रादिने सरकारले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय अनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरेको जनाएको छ । डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिस अनुसार फरक डोज खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन भनिएको छ । विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको हो ।

बुस्टर मात्रा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड (१९) विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिन ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.