भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सर्वोच्चको आदेशपछि गभर्नर आजदेखि नियमित काममा, अर्थमन्त्री चकित

सर्वोच्चको आदेशपछि गभर्नर आजदेखि नियमित काममा, अर्थमन्त्री चकित

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै आजदेखि नियमित काममा फर्किदै छन् ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरेपछि अधिकारी नियमित काममा फर्किन लागेका हुन् ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चैत २५ गतेबाट निलम्बनमा परेका थिए । अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आज बुधबारबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको छ ।

सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि वैशाख १३ गते बोलाएको छ । १२ दिनपछि अधिकारी कार्यालय जान लागेका हुन ।

 


Thali Mobile Pvt.Ltd.