भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ, जेल अवधि समाप्त गरेपछिमात्र सयौँ नेपाली डिपोर्ट गरिने

साउदीमा १५ हजार बढी अवैध आप्रवासी पक्राउ, जेल अवधि समाप्त गरेपछिमात्र सयौँ नेपाली डिपोर्ट गरिने

दोहा । गैर कानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै साउदीमा थप १५ हजारबढी आप्रवासी पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३ सय २८ जना पक्राउ परेका हुन् ।

२२ देखि २८ डिसेम्बरसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ८ सय ८, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार ३८ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ४ सय ८२ रहेका छन् ।

सीमा पार गर्न खोज्दा ५ सय ५२ व्यक्ति पक्राउ परेका थिए । ती सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिने साउदी सरकारले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिए पछि लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेको हो ।

त्यस क्रममा गैर कानुनी रूपमा बसेका सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गरिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.