भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सामाजिक एकताको प्रतीक हो तमु ल्होसारः उपराष्ट्रपति

सामाजिक एकताको प्रतीक हो तमु ल्होसारः उपराष्ट्रपति

काठमाडौं । तमु ल्होसार सामाजिक एकताको प्रतीक भएको भन्दै समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि उपराष्ट्रपतिले शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ । विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन् ।

हामीमा विविधताबीचको एकता छ । यो नै हामी नेपालीको साझा पहिचान हो ।’ पुराना वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमु ल्होछार-ल्होसारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्नुका साथै

सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास लिएको उपराष्ट्रपति नन्दबहादुर पुनले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.