भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सामाजिक सुरक्षा भत्ताको ६१ लाख झ्वाम, चार जनाविरुद्ध मुद्दा दायर

सामाजिक सुरक्षा भत्ताको ६१ लाख झ्वाम, चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सचिव र जनस्वास्थ्य अधिकृतको मिलोमतोमा ६१ लाख सामाजिक सुरक्षा भत्ता झ्वाम पारेको तथ्य बाहिर आएको छ । गोरखा अजिरकोट गाउँपालिकाको वडाको ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव एवं वडासचिव दीपक बहादुर दर्जीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

६१ लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हंशपुर हेल्थ असिस्टेन्ड सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल विक र साविक मुच्चोकको गाविसका अहेब चन्द्रकान्त सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७३, ०७४ मा आर्थिक कारोबार हिसाबकिताब नबुझाई तत्कालिन जिल्ला विकास समितिको कार्यालयबाट निकासा भएको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि रकम चेकमार्फत् लिएको तर वितरण नगरेको पाइएको हो।

वडा सचिवले अहेब दबाडीसँग संयुक्तरुपमा खाता सञ्चालन गरेको तथा सचिवले अहेब सुबेदीसँग समेत संयुक्तरुपमा खाता सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको रकम निकाली पेश्की फर्छ्यौट तथा लेखापरीक्षणसमेत नगरी ६० लाख ९७ हजार ६ सय रकम हिनामिना गरेको भेटिएको छ।

साविक हंशपुर गाविसका तत्कालीन अहेब हालः जनस्वास्थ्य अधिकृत सुरेश दबाडी र दर्जीको संयुक्त हस्ताक्षरमा अजिरकोट गाउँपालिका वडा नं ३ को २७ लाख २३ हजार २ सय सामाजिक सुरक्षा भत्ता निकालेको भेटिएको छ ।

साविक मुच्चोक गाविस तत्कालीन अहेब चन्द्रकान्त सुबेदी र दीपकबहादुर दर्जीको संयुक्त हस्ताक्षरमा अजिरकोट गाउँपालिका वडा नं ५ को सामाजिक सुरक्षा भत्ताबापतको र ३३ लाख ७४ हजार ४ सय निकालेर दुरुपयोग गरेको अख्तियार अनुसन्धानले भेटाएको छ ।

उनीहरुले यो रकमको भरपाई पेश गरी फर्छ्यौट पनि नगरेको र रकमसमेत निकाली मासी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको हो। प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम ६० लाख लाख ९७ हजार हजार ६ बिगो कायम गरी सजाय हुन मागदाबी गरिएको छ।

प्रतिवादी सुरेश दबाडी र विशाल विकको हकमा जनही २७ लाख २३ हजार २ सय विगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको माग गरिएको छ।

आरोपित चन्द्रकान्त सुबेदीको ३३ लाख ७४ हजार ४ सय विगो माग गरी भ्रष्टाचार निवारण ऐनबमोजिम सजायसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

 


Thali Mobile Pvt.Ltd.