भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले उक्त निर्देशन दिएको हो ।

समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरूलाई परिमार्जन गर्न समेत निर्देशन दिइएको जनाइएको छ ।

बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालयलगायत संघीय संसदका भवनहरू समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । वि.सं.२०१६ सालमा निर्माण भएको संसद भवन भुकम्पका कारण क्षतिग्रस्त अवस्थामा पुगेपछि समितिले उक्त भवनलाई पुनः निर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.