भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा

सिकलसेलको अध्ययन गर्दै डा नाकामुरा

दाङ। जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थाल्नुभएको छ । दाङ तुलसीपुरमै मधुमेह रोगका बारेमा ‘शोधपत्र’ गरेर विद्यावारिधि पूरा गर्नुभएकी उहाँले सिकलसेलका बारेमा अनुसन्धान गर्न थाल्नुभएको हो ।

चार वर्षअघि तुलसीपुर आउँदा उहाँले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल रोगका बारेमा जानकारी पाएको जनाउँदै त्यसमा पनि आफूले अध्ययन गर्न थालेको बताउनुभयो । “मैले चार वर्षअघि दाङको तुलसीपुरमै मधुमेह रोगका बारेमा अनुसन्धान गरेर विद्यावारिधि गरेकी छु”, नेपाली भाषामा डा नाकामुराले भन्नुभयो, “मैले थारू समुदायमा मात्रै लाग्ने सिकलसेल एनिमियाबारे जानकारी पाएँ, अहिले यसकै रिसर्च गरिरहेकी छु ।” यहाँ चार वर्षअघि तुलसीपुर आएर करिब तीन महिना तुलसीपुर बस्नुभएको थियो । त्यतिबेला सिकलसेलका बारेमा केही अध्ययन गर्न पाएको बताउनुभयो । बीचमा पनि नेपाल आएर त्यो रोगका बारेमा अध्ययन गर्ने योजना रहे पनि कोभिडले गर्दा आउन नपाएको बताउनुभयो ।

अहिले उहाँ एक हप्ताका लागि पुनः नेपाल आउनुभएको छ । उहाँ एक हप्तासम्म दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाका सिकलसेल एनिमिया पीडितसँग भेटघाट गर्नुहुनेछ । त्यसपछि पुनः जापान फर्किने उहाँले बताउनुभयो । आगामी असारमा पनि पुनः नेपाल आएर बिरामीसँग भेटघाट गर्ने बताउनुभयो ।

डा नाकामुरालाई थारू स्वास्थ्यकर्मी समाजका केन्द्रीय अध्यक्ष जीवराज चौधरीलगायतले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष चौधरीले सरकारले नै यो रोगका विषयमा चासो नदेखाएको अवस्थामा जापानी नागरिकले अध्ययन, अनुसन्धान गर्नु आफ्ना लागि ठूलो सहयोग रहेको बताउनुभयो । उहाँले सरकारी अध्ययनअनुसार नेपालमा ११।३ प्रतिशत थारू समुदायमा यो रोग लाग्ने गरेको तथ्याङ्क छ । तर पूर्णरूपमा थारू समुदायमा सिकलसेल परीक्षण नहुँदा त्यसले आधिकारिकता पाउन नसकेको भन्दै सबै थारू समुदायमा सिकलसेल एनिमिया जाँच हुनुपर्ने बताउनुभयो ।

सिकलसेल एनिमियाबाट धेरै जनाको मृत्यु भइसकेको र केहीले उपचारमा रु २० लाखभन्दा पनि बढी खर्च गरिसकेको बताउनुभयो । यस्तो रोगको उपचारका लागि अहिलेसम्म नेपालमा अस्पतालसमेत स्थापना हुन नसकेको बताउनुभयो । आफूहरूले बाँकेको नेपालगन्जमा सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि त्यसमा राज्यले उचित तरिकाले हेर्न नसकेको दुःखेसो पोख्नुभयो । साथै डा नाकामुराले सोही अस्पतालका लागि रु एक लाख सहयोग गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.