भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिट संख्या १६५ प्रत्यक्षमा काँगेसले ९५, माओवादीले ५५, एकिकृत समाजवादी र जसपाले ३० र जनमोर्चाको ५ सिटमा दाबी

सिट संख्या १६५ प्रत्यक्षमा काँगेसले ९५, माओवादीले ५५, एकिकृत समाजवादी र जसपाले ३० र जनमोर्चाको ५ सिटमा दाबी

काठमाडौं । चुनावको मिति घोषण गरेसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । मंसिर ४ गतेको लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै विभिन्न दलहरु चुनाव केन्द्रीत रहेर गृहकार्यमा जुटेका छन ।

सत्ता गठबन्धन दलमा रहेका काङ्ग्रेस , माओवादी , जसपा, एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । सिट भागबन्डा मिलाउन कार्यदल समेत गठन गरेर गृहकार्य गरीरहेका छन ।

सबैभन्दा जटिल प्रतिनिधि सभा तर्फको प्रत्यक्ष सिट भागबन्डा मिलाउन पर्ने देखिन्छ । पत्यक्ष तर्फको कुल १६५ सिट छ । तर गठबन्धन दलहरुले गरेको दाबीको कुल संख्या जोडने हो भने २१५ सिट आबस्यक देखिएको हो ।

नेपाली काङ्ग्रेसले कम्तीमा ९५ सिटको माग गरेको छ भने, नेकपा माओवादी केन्द्रले ५५ सिट माग गरेका छन् । त्यस्तै माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी र उपेन्द्र यादब नेतृत्वको जनता समाजबादी पार्टीले ३०, ३० सिट दाबी गरेका छन ।

र राष्ट्रिय जनमोर्चाले पनि ५ सिट दाबी गरेको छ । गठबन्धनमा रहेका यी दलहरु सबैको दाबी जोडने हो भने २१५ पुग्छ । जसका कारण पनि गठबन्धनमा सिट मिलाउन सकस रहेको बुझिन्छ ।

अझ मधेस प्रदेश भित्र रहेको ३२ सिट भागबन्डा मिलाउन झन गठबन्धन दललाई महाभारत नै पर्ने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.