भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सिन्धुलीको चन्दनपुरमा जंगली हात्तीले आतंक, ४ घरमा क्षेती

सिन्धुलीको चन्दनपुरमा जंगली हात्तीले आतंक, ४ घरमा क्षेती

सिन्धुली । जंगली हात्तीले सिन्धुलीमा आतंक मच्चाएका छन् । सिन्धुलीको कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा जंगली हात्तीले आतंक मच्चाएका हुन ।

एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले सर्वसाधरणहरुको ४ वटा घर समेत भत्काएका छन् ।

विगत लामो समयदेखि कमलाखोच स्थित हुँदै आउने जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले व्यवस्थापनमा ध्यान दिन नसक्दा स्थानीय बासिन्दाहरु पीडित बन्दै आएको स्थानीयको गुनासो रहेको छ ।

पछिल्लो एक दशकमा कमलाखोंच क्षेत्रमा हात्तीको आक्रमणबाट १२ जनाले मृत्यु वराण गरिसकेका छन् । जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रका स्थानीय हात्तीको आतंकबाट प्रभावित बन्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.