जनकपुरधाम । कमला नदीमा आज भूत मेला लागेको छ । भूत मेलामा एकाबिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ ।
धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेर कला देखाइरहेका छन् ।
कात्तिक पूर्णिमामा कमला नदिमा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने विश्वास रहिआएको छ ।
धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि चलिआएको छ । त्यसैले यसलाई भूत मेला भनिएको हो ।
आजका दिन नयाँ धामी झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुन हुने मान्यता छ । भूत मेला हेर्न कमला नदी किनारमा लाखौंको संख्यामा भक्तजन सहभागी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...