नेपाल मजदुर किसान पार्टीले चर्काे विराेध गर्दै भारतले नेपालकाे भूभाग अतिक्रमण गरी जारी गरेको नक्साको विरूद्व विरोध र्याली प्रदर्शन गरेको छ । भक्तपुरको कमलविनायकबाट सुरू गरेको विरोध र्याली सूर्यविनायक पुगेर सभामा परिणत भएको थियो ।
नेपालकाे लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले नयाँ नक्सामा आफ्नो देशको भूभागका रूपमा प्रस्तुत गरेपछि नेमकिपाले त्यसको कडा विरोध गरेकाे हो । विरोधसभामा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सीमा अतिक्रमण गरेर जारी गरेको नक्साका बारेमा सरकारले तत्काल अन्तर्राष्ट्रिय मञ्चलाई घच्घचाउनु पर्ने बताए ।
सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरूले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको उनकाे तर्क छ । भारतले सीमा अतिक्रमण गरेको नक्सा नसच्चाए नेमकिपाले सडक र सदनमा विरोध जारी राख्ने सांसद सुवाल बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...