भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

डोटी । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो । मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् । बडिकेदार–५ को उच्च लेकाली डाँडामा तिहारपछि उक्त मेला लाग्ने गर्दछ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडिकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको जनाएको छ ।यहाँ आयोजना हुने मेलापर्वमा तराई तथा भारतबाट पनि दर्शनार्थीहरु आउने तथा भिड बढी लाग्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले गाउँपालिकाभरमा हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “बडिकेदार तथा धिर्काणी मेलामा भक्तजनको बढी भीड हुने भएकाले कोरोना जोखिम बढ्न सक्ने स्थितिलाई मध्यनजर गर्दै हामीले सबै मेला पर्व बन्द गराउने निर्णय गरेका छौँ, निर्णय पालना नगर्नेलाई कारवाही हुनेछ ।”

गाउँपालिकामा मेला पर्व मनाउन रोक लगाइए पनि सामाजिक दूरी कायम गरी शक्तिपीठहरुमा पूजा पाठ गर्न भने रोक लगाइएको छैन । यसैगरी आगामी मङ्सिर १० गतेदेखि गाउँपालिकामा चल्ने अति आवश्यक बाहेकका सवारी साधनमा समेत रोक लगाउनने निर्णय गरिएको छ । जिल्लामा कोरोनाका कारण हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि दुई हजारभन्दा बढी पुगेको जिल्ला अस्पताल डोटीले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.