भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

सुर्खेत–२ को मतगणनाका लागि सर्वदलिय बैठक

सुर्खेत–२ को मतगणनाका लागि सर्वदलिय बैठक

सुर्खेत । निर्वाचन क्षेत्र नम्बर–२ को मतगाणनाका लागि सर्वदलिय बैठक बसेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि सर्वदलिय बैठक बसेको हो ।

सबै मतदान केन्द्रबाट सोमबार बिहान तीन बजेभित्र मतपेटिका मतगणना स्थलमा ल्याइसकिएको छ । सुर्खेत –२ को मतगणना वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा हुँदैछ ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मत पेटिकामा फरक मतपत्र फेला परेपछि आइतबार मतदान स्थगित भएको थियो ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलिय बैठकमा सहभागी हुदैछन् । बैठकमा सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने विषयमा छलफल हुने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.