भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सेयर बजार उकालो लाग्यो

सेयर बजार उकालो लाग्यो

काठमाडौं । नयाँ सरकार गठन हुने वित्तिकै सेयर बजार एकाएक उकालो लागेको छ । लामो समय ओरालो लागेको सेयरबजार ‘नेप्से’ गत साताका ४ दिनमा १ सय ६२ अंकले बढेको छ ।

गत साता सेयर कारोबार अन्तिम दिन बिहीबार २ हजार २९ दशमलव ०३ को बिन्दुमा पुग्यो । पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि भोलिपल्टैदेखि सेयरबजारमा हरियाली छाएको हो । खुला अर्थनीति र सेयरबजारप्रति सकारात्मक छाएको छ। अर्थमन्त्री हुने वित्तिकै विष्ण पौडेलले सेयरबजारका समस्या समाधानमा पहल गरे ।

उनी मन्त्री बनेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्र गतिशील बनाउने निर्णय गरेको थियो ।

नयाँ सरकार बनेको साताका चार दिन सेयर कारोबार भयो भने तीन दिन नेप्से बढ्यो । सोमबार ५६ दशमलव ८६ अंकले बढेको सेयरबजार परिसूचक मंगलबार ५९ दशमलव ८७ अंकले उकालो लागेको थियो । बुधबार नेप्सेमा ११ दशमलव ८१ अंकको ‘करेक्सन’ आयो भने भोलिपल्टै ५६ दशमलव ८८ अंकले बढ्यो ।

कुल चार दिन कारोबार भएको सातामा सेयर लगानीकर्ताको कुल सम्पत्ति २ खर्ब ३४ अर्ब रुपैयाँले वृद्धि भएको छ । अघिल्लो साताको समाप्तिसम्म २७ खर्ब २ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २९ खर्ब ३४ अर्ब ४९ करोड रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

साताभर नेप्से परिसूचक १ सय ६१ दशमलव ८२ अंकले बढेर २ हजार २९ दशमलव ०३ अंकमा आइपुगेको छ।

 


Thali Mobile Pvt.Ltd.