भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सैन्य कमान्डरको अमेरिकाले हत्या गरेपछि शाेकमा डुबेकाे इरान बदला लिने दाउमा

सैन्य कमान्डरको अमेरिकाले हत्या गरेपछि शाेकमा डुबेकाे इरान बदला लिने दाउमा

बगदाद । अमेरिकी हमलामा जनरल कासिम सुलेमानीको हत्या भएपछि इराक शोकमा डुबेको छ । राजधानी बगदादमा सयौं मानिसजम्मा भएर सुलेमानीको शवघेरे। शुक्रबार अमेरिकी हमलामा सुलेमानीको मृत्यु भएको थियो । बगदाद विमानस्थलबाहिर भएको हमलामा पाँच इरानी र पाँच इराकी सर्वसाधारणको पनि ज्यान गएको थियो।

इरानको बहुचर्चित कुड्स फोर्सका प्रमुख सुलेमानी मारिएपछि कुड्स फोर्स इरानले सैन्य अपरेशन चर्काउने चेतावनी दिएको छ। सुलेमानीले वर्षौंसम्म लेबनान, इराक, सिरियासमेत अन्य खाडी देशमा योजनाबद्ध हमलामार्फत् मध्य–पूर्वमा इरान र उसको सहयोगीको स्थितीलाई बलियो बनाउने काम गरेका थिए ।

उनको मृत्यु पछि इरानले बदलाका लागि फरक रणनीति अपनाउने जनाएको छ । शनिबार बगदाद शहरमा एक विशाल शोक सभा गरेको इराकले सुलेमानीको शवलाई इरान पठाइने जनाएको छ । इरान पुगेपछि सुलेमानीको गृह जिल्ला केरमान (केन्द्रीय इरान) मा नमाज पढेर शव गाडिने इरानले जनाएको छ ।

तीन दिन शोक

अमेरिका मुर्दावाद’ को नारा लगाइरहेका ईराक र ईरानीले शव इरान पुर्‍याइएको र त्यहाँ तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको जनाएका छन् । शवलाई मंगलबार गाडिने बीबीसीले जनाएको छ । इरानका लागि महत्वपूर्ण सुलेमानीको शोकमा इस्तब्ध इरानीमा आक्रोष पैदा भएको छ ।

इरानको सबैभन्दा महत्वपूर्ण राजनीतिक अनुहार कासिम सुलेमानीलाई मध्य–पूर्वमा इरानको महत्वाकांक्षाको मास्टरमाइन्डको रुपमा लिइन्थ्यो । जब युद्ध र शान्तिको कुरा आउँछ तब वास्तविक विदेश मन्त्रीको रुपमा उनलाई हेरिन्थ्यो । त्यसकारण इरानले आफ्नो सबै ठूला शहरमा एक लोकप्रिय नेताको हत्याको विरोधमा जुलुस निकाल्नुका साथै उनलाई एक महान शहीदको रुपमा प्रस्तुत गर्ने बताएको छ ।