भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

सोलार बत्ती जडान

सोलार बत्ती जडान

नुवाकोट।नुवाकोटको प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालय जाने बाटोमा सोलार बत्ती जडान गरिएको छ। यसबाट सर्वसाधारणलाई सुविधा पुग्नुका साथै वन्यजन्तुबाट बच्न सजिलो भएको छ।

विदुर नगरपालिकाले ऐतिहासिक साततले दरबार संग्रहालय जाने बाटोमा वन्यजन्तुको आक्रमणबाट सुरक्षित हुन र रातको समयमा आवतजावतको सुविधाका लागि विद्युतको लाइन नभएको उक्त स्थानमा पोलसहितको ६ थान सोलार बत्ती जडान गरेको हो।

विदुर नपाको यस वर्षको योजना अनुरूप नवीकरणीय ऊर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत विदुर नगरपालिका-२ स्थित विदुर चोकदेखि धरमपानीसम्म विभिन्न स्थानमा ६ थान र विदुर १ को त्रिशूली राममन्दिरमा एक थान सौर्य ऊर्जा बत्ती जडान गरिएको मेयर राजन श्रेष्ठले बताए।

विदुर नगरपालिकाको धार्मिक एवं ऐतिहासिक तीर्थस्थलको सुरक्षासहित रातको समयमा सर्वसाधारण तथा धर्मावलम्वीहरुको आवतजावत सहज बनाउने उद्देश्यले योजना अनुरूप सात लाख रुपैयाँको लागतमा सौर्य ऊर्जा बत्ती जडान गरि सेवा सञ्चालन गरिएको विदुर २ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए। यसबाट दैनिक रूपमा सयौं जनालाई सुविधा पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.