स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्याे

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्याे

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै निराशाजनक बराबरी खेलेको छ । लुका मोड्रिचले २० औं मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाएका थिए । ईल्चेका चाभास डी ला टोरीले ५२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

रियलको ५ खेलका लगातारको जित यात्रामा पूर्णविराम लागेको छ । दोस्रो स्थानको रियल शीर्ष स्थानको शहरी प्रतिद्धन्दी एट्लेटिको भन्दा दुई अंकले पछि परेको छ । अझ एट्लेटिकोले दुई खेल कम खेलेको छ ।

एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको बिदाई गरेको छ । बुधबारनै उसले गेटाफेविरुद्ध १–० को जित निकाल्यो । लुईस सुआरेजले एट्लेटिकोका लागि विजयी गोल गरे ।

रियल ३३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईल्चे १६ अंक सहित १५ औं स्थानमा छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.