भर्खरै : Sorry, your browser does not support inline SVG.

स्वास्थ्यकर्मीलाई हातपात गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीलाई हातपात गर्नेमाथि हुने कारबाहीबारे सूचना पाटी राख्न मन्त्रालयको निर्देशन

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ । मन्त्रालयले आज बुधवार एक सूचना निकाल्दै कम्तीमा छ फिट उचाइ र चार फिट चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सूचना पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को दफा ९३० मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ । प्रवक्ता बुढाथोकीले स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उपचारमा लापरबाही भएको शङ्का लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवदेन दिन सकिने सूचनामा उल्लेख छ । ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै हुने व्यवस्था छ ।

स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीरनोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मीरकर्मचारीलाई कुटपिट वा शारीरिक रूपमा चोट पुर्‍याएर तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्छ । यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.