बेलायत । स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिस कोरोना भाइरसको संक्रमणमा परेकी छन् । कोरोना भाइरसको संक्रमणमा पर्ने उनी पहिलो सांसद हुन् ।
कोरोना संक्रमण भएको थाहा पाएपछि सबै सावधानी सहित घरभित्र सेल्फ आइसोलेशनमा राखेको बताएकी छन् । ६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।
बिहिबार उनलाई पहिलो लक्षण देखिएको स्वास्थ्य विभागले जनाएको छ । सोहि दिन प्रधानमन्त्रीले आयोजना गरेको एक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्टदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।
कोरोना भाइरसका कारण बेलायतमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, २९ असार । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएकाे छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको...
बेलबारी, २९ असार । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको...
काठमाडौँ, २९ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी श्रमिकको संख्या बढ्दै गएपछि विभागले अब नेपाली...
म्याग्दी, २९ असार। धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट...