भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

स्वास्थ्य सेवा विभागमा रोजगारी, कमाण्डरसहित १० जना सुरक्षा गार्ड

स्वास्थ्य सेवा विभागमा रोजगारी, कमाण्डरसहित १० जना सुरक्षा गार्ड

काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ ।

करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने विभागले जनाएको छ ।

सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ ।

तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ ।

साथै एक फर्मको नाम खरिद गरिएको प्रस्ताव फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न नपाइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.