भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्वास्थ्य सेवा विभागमा रोजगारी, कमाण्डरसहित १० जना सुरक्षा गार्ड

स्वास्थ्य सेवा विभागमा रोजगारी, कमाण्डरसहित १० जना सुरक्षा गार्ड

काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ ।

करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने विभागले जनाएको छ ।

सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ ।

तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ ।

साथै एक फर्मको नाम खरिद गरिएको प्रस्ताव फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न नपाइने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.