एजेन्सी । क्रिमियाकोअर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विस्फोट भएको छ ।
रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलाबद्ध विस्फोट भएको हो ।
भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कैयौँ विस्फोट भएको देखिएको छ । गत हप्ता क्रिमियाको तटमा रहेको ‘ब्ल्याक सी बेस’मा रुसी लडाकु विमान ध्वस्त भएका थिए ।
रुसले यो विष्फोट युक्रेनले गराएको आरोप लगाएको छ । पछिल्लो घटनामा युक्रेनको हात नरहेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकले बताए ।
