महोत्तरी । भङ्गाहबाट एकैसाथ हराएका सात बालिका भेटिएका छन् ।
हिजो भारतको सितामढीमा फेला परेका उनीहरुलाई प्रक्रिया पुर्याएर नेपाल ल्याइएको हो । गएराति नेपाल ल्याइएको भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले जानकारी दिए ।
आज थप सोधपुछ र अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने पनि प्रहरीले बताएको छ । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउन उनीहरुलाई मेयर साहको रोहबरमा तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएका छन् ।
यो पनि पढ्नु होस…
