ओली जी ! अनि मात्र तपाईलाई मामा भन्न सकिन्छ : एल.बि. कठायत

ओली जी ! अनि मात्र तपाईलाई मामा भन्न सकिन्छ : एल.बि. कठायत

यतिबेला हँसिया र हथौड़ा अंकित रातो झण्डा उठाउनेहरुको हातमा नेपाली सत्ता छ । ‘संसारका मजदुर एक हौँ’ भनेर जारी भएको कम्युनिस्ट घोषणा–पत्र अहिले पनि दुनियाँका सर्वहारा वर्गको मन मस्तिष्कमा नमेटिने गरी ताजै रहेको छ । यो ध्रुवसत्य हो । किनकि आज सात अरब आवादी रहेको यो दुनियाँले जे जति हासिल गरेको छ, त्यो सबै तिनै मजदुरहरुको योगदानले सम्भव भएको हो ।

आध्यात्मिक र वैज्ञानिक विचारधाराको वास्तविक धरातल यसको मानव जीबनसँगको सम्बन्ध र त्यसबाट प्राप्त परिणामलाई मुल्याङ्कन गर्ने हो भने विज्ञान नै अगाडिछ । राम–राम भनेर फुल प्रसाद लिएर मन्दिरमा गएर केही माग्नु भन्दा काम काम भनेर कोदाली लिएर खेतमा जादा हामीले राम्रै फल प्राप्त गर्न सक्छौं । म माक्सवादी हुँ तर धर्ममा आस्था राख्नेहरुसँग मेरो कुनै विमति छैन । मलाई लाग्छ काम काम भनेर खेतमा गएर राम राम भन्नुपर्छ ।

उतिबेलाको संस्कृति के थियो ? खानपिन के थियो ? शिक्षादीक्षा के थियो ? त्यो त अहिलेको दुनियाँलाई थाहा नै छैन । उनीहरुले तयार गरेको पुरातात्त्विक सम्पत्तिको हामीले यो जमनामा जगेर्ना मात्र गर्नुपर्ने थियो । त्यो दुनियाँको बोलीभाषा हामी बुझ्न सक्दैनौं । अब दुनियाँले नयाँ आविष्कार गरिसकेको छ । यसपछिको पुस्ताले कम्प्युटर खोल्ने बितिक्कै इतिहास पत्ता लगाउन सक्छ । अहिले हामी रामको जन्मको लागि लडाइँ गरिरहेका छौं । मैले रामायण देखेकै छैन । मलाई इतिहास भन्दा वर्तमान र भविष्यको बढी चिन्ता हुन्छ ।

हिजो उदाएर अस्ताइसकेको रामको बारेमा समय खर्च गर्नु भन्दा आज जन्मेको रामलाई आशा र भरोसाले भरिएको भविष्य खोजौं त्यो पो उत्तम होला । आज जन्मन लागेको रामलाई शिशु स्याहार केन्द्र बनाउ, बालउधानहरु बनाउ, यो धर्तीलाई रगत र पसिनाले सिँचेर अस्ताउन लागेका रामहरुलाई सम्मानका साथ आदर निकेतनहरुको व्यवस्था गरौँ । राम नेपालमा जन्मेका हुन भनेर हाम्रो प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो यसबारे मैले निकै सोचिरहेको छु । अयोध्या र जनकपुर नेपाल भारत जन सम्बन्धका महत्त्वपूर्ण अंश हुन ।

तपाईको जुन अभिव्यक्ति आज बाहिर आयो त्यो अभिव्यक्ति उतिबेलाका शासकले दिनु पर्थ्याे जतिबेला राम र सिताको सम्बन्ध जोडिएको थियो । परापुर्वकालको यो एक काल्पनिक र कृतिम कुरा पनि हुन सक्छ । राम नेपालमा जन्मेको कुरा प्रधानमन्त्रीले होइन, अरु कसैले बोल्नु पर्ने थियो । किनकि बुद्धको जन्मबारे भारतको टिकाटिप्पणिक‍ो जवाफ पुग्ने थियो । प्रधानमन्त्रीले आजका राम र सीताको सम्बन्धलाई काटछाट गरे पो इतिहासका राम र सीताको सम्बन्धलाई काटछाट गर्न सुहाउला । नभए तपाईंको शब्दमा हल्कापन धेरै छ । रेल ,पानिजहाच चुलोमा पाइप, यातायात सेवामा कायम रहेको सिण्डिकेटको अन्त्य, कार्यकर्ताहरुलाई जारी गरेको आचारसंहिता जस्तै तपाईंको यो अभिव्यक्ति पनि खेर जान्छ कि ? म त अन्योलमा छु । फेरि पनि हेराैं, राष्टको अभिभावकत्व गर्ने व्यक्तिले दूरगामी सोच राख्नुपर्छ । जे बोल्यो त्यो पुरा गर्नुपर्छ । तर ईतिहासलाई हेर्दा नेपालका शासकहरुमा त्यो गुण कहिले पनि देखिएन ।

मामा नै नहुनु भन्दा काने मामा हुनु वेश भन्ने नेपाली उखान यहाँ लागू हुन्छ । केपी  ओली जी, तपाई पनि मामा होइन काने मामा नै हो । मेरो तपाईलाई सुझाव छ । जीबनको उकाली चढिरहनु भा छ नेपालको चाबि नेपाली कै हातमा रहने पद्धति बसाल्नु होस । ओली जी, अनि मात्र तपाईलाई मामा भन्न सकिन्छ । तर तपाईलाई अरु भन्दा .५ (प्वाइन्ट पाँच) नम्बर बढि दिन सकिन्छ । तपाई र प्रचण्डले पार्टी एकता गरेको दिनमा इतिहास कै शक्तिशाली कम्युनिस्ट पार्टी भनेर घमण्डका साथ भन्नु हुन्थ्यो तर आज के हुदैछ ? मार्क्सवादलाई सार्थक्तासम्म पुर्याउन कयौं योद्धाहरुको रगतले धर्ती भिजिसकेको छ । मार्क्सवाद दुनियाँका लागि अत्यावश्यक छ । किनकि सर्वहारा वर्गको नेतृत्वको शासन व्यवस्था कल्पना गरिएको छ । यो संसार बनाउनमा सर्वहाराको ठुलो योगदान छ । कसैको जीवन सु सम्पन्न छ भने त्यो मेहनत गर्नेहरुका सिर्जनसिल हातहरुले बनेको हो ।

मार्क्सवादले प्रतिपादन गरेको सिद्धान्तको व्यवहारिक बाटो समाजवाद हुदै साम्यवाद सम्म पुग्ने हो । हामीले पनि समाजवाद उन्मुख संविधान लेखेका छौं । दोस्रो दर्जाका नेकपा कार्यकर्ताहरु पार्टी फुट्नबाट जोगाउन निकै कसरत गरिरहेका समाचार सुन्न पाइन्छ । तर शासन व्यवस्थाको वरिपरि बस्ने माउ नेताहरू टसको मस भएका छैनन् । सहमतीका लागि भन्दै स्थायी समितिको बैठक सार्दा सार्दै फेरि १३ साउनमा डाकिएको छ । त्यसपछि पनि सर्न सक्छ । यसरी यतिबेलाको यो विसम परिस्थितिमा अति अमुल्य समय पनि व्यर्थै नै फालिरहेका छन् ।

कहिले प्रधानमन्त्री आफै जे पनि हुन सक्छ भन्दै कित्ताकाट गर्न सुझाउनु हुन्छ । प्रचण्ड निकट रामबहादुर थापा (बादल) र लेखराज भट्ट प्रधानमन्त्रीको कित्तामा रहेको कुरा समाचार बनिरहेको छ । यदि नेकपा फुट्छ भने कठपुतलीहरु ‘कागका चल्ला काग तिर र कोइलीका चल्ला कोइली तिर’ भए जस्तै गरी फुट्दा देशमा सार्वभौमिकताको जग लाग्थ्यो कि ? तर पर्यवेक्षकहरुले यो कुर्सीको लडाँइ मात्र हो भनेर अर्थ लगाइरहेका छन । ‘मुक्ति या मृत्यु’ दुई मध्य एक रोजेर रणमैदानमा लड्दा लड्दै बाच्ने संसार चुडालेकाहरुले किमार्थ पनि यो सोचेका थिएनन् कि, हाम्रो बलिदानीमा हाम्रा नेताजीहरु आफू आलिशान महलमा वास गर्नेछन् ।

करोडौंका महंगा गाडीहरु चढ्नेछन् र अरुलाइ प्रकृतिले दिएको जमिनमा पाल टाग्ने हक पनि दिने छैनन् । विहान बेलुकाकाे गास पनि राम्रोसँग खान दिने छैनन् । तर हाम्रा शासकहरु भने जे उनिहरुले किमार्थ सोचेका थिएनन् त्यही गरिरहेका छन् । सुख र समृद्धीका कुरा त हाम्रा शासकहरुको मुखमा छिट्टै आइहाल्छ । तर त्यसको ब्यवहारीक धरातल हेर्ने हो भने, अहिले त जनताहरु भर गर्न त कता हो कता आशा गर्नपनि छोडिसके ।

त्यसैले नेकपाका दोस्रो दर्जाका सबै नेताहरुले फुट्नबाट पार्टीलाई जोगाउन मात्र कसरत गर्ने होइन, रातो झण्डा उठाउदा धेरै गुमाउने वर्ग अभावमा छ । तीनिहरुको हिसाब किताबका लागि पनि कसरत गर्नु पर्छ । राष्ट्रियता धरमराइ रहेको छ । देश र जनताले स्वाधीनता खोजिरहेका छन । म त भन्छु सबैको ध्यान मुख्य विषयमा नै जानुपर्छ । हामी साच्चै कम्युनिस्ट भएर शक्तिशाली भएको भए आज जमिन जोत्नेले पाईसक्ने थिए । उत्पादनका मुख्य मुख्य स्रोत र साधनहरु सरकारीकरण अर्थात राष्ट्रियकरण भैसकेका हुन्थे । स्वास्थ्य र शिक्षा निशुल्क भएकाे हुन्थ्याे । भ्रष्टाचार, अन्याय र अत्याचारको दल दलमा फसेको हाम्रो देशका सुनौला दिनहरू आईसकेका हुन्थ्ये तर त्यो हुनै सकेन ।

देश र जनताको हितका निम्ति हो भने, अब दोस्रो दर्जाका नेताहरुले कुपुत्रहरुलाई चिन्नु पर्छ काे काे छन् । नाइ आफ्नो व्यक्तिगत हितको रक्षाका लागि हो भने कुन दिन ती कुपुत्रको साथमा अरुहरुलाई पनि कलंकको कालो टिका नेपाली जनताले लगाएरै छाड्ने छन् ।

LB kathayt Gairagau thatikadh -7 saun 2077

Mohotsav


Thali Mobile Pvt.Ltd.