हिमपातका कारण जनजीवन प्रभावित, हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जम्यो

हिमपातका कारण जनजीवन प्रभावित, हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जम्यो

काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।  पछिल्लो समय मौसममा परिवर्तन आएसंगै विभिन्न जिल्लाहरुमा हिमपात भएको हो । हिमपात हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिँउ परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ ।

हिमपातका कारण मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.