भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

हुम्लाका सबै पालिकामा बागी उम्मेदवार

हुम्लाका सबै पालिकामा बागी उम्मेदवार

ताँजाकोट । सात स्थानीय तह रहेको हुम्लामा ६ पालिका अध्यक्ष र ७ उपाध्यक्षमा बागी उम्मेदवारी परेको छ । ताँजाकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका  कर्णाली प्रदेशका सह-सचिव लालकेश जैसीले मनोनयन दर्ता गरेका छन् ।

टिकट नपाएपछि माओवादी केन्द्रकै गोपाल बुढा र अकबिर खडकाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा उम्मेदवार बनेका छन् । उपाध्यक्षमा कांग्रेसका तिलकबहादुर शाहीले पनि उम्मेदवारी दिएका छन् ।

अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फ अध्यक्षमा कांग्रेसका मोहनबिक्रम सिहं र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकायाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट रुष्ट रहेका लोकेन्द्रबहादुर भण्डारीले स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा गठबन्धनबाट अध्यक्ष माओवादीका गोविन्दबहादुर शाही, गठबन्धनकै उपाध्यक्षमा कांग्रेसकी मैना बुढाको उम्मेदवारी परेको छ । गठबन्धनबाट रुष्ट प्यारीलाल शाहीले अध्यक्ष र माओवादीका भैरव तामाङले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेबाट अध्यक्षमा विमलाकुमारी शाही र समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएका छन् । सर्केगार्ड गाउँपालिकामा कांग्रेसकै मानदेव शाही र माओवादी केन्द्रका अकिल बुढाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

उपाध्यक्षमै स्वतन्त्रमा ज्योति शाहीले पनि उम्मेवारी दिएकी छन् । खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कांग्रेसका अंगबहादुर शाहीले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

सिमकोट गाउँपालिका कांग्रेसकै नन्दबहादुर शाहीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तैगरी उपाध्यक्षमा पनि कांग्रेसकै दीपबहादुर शाहीले उम्मेदवारी दिएका छन् । नाम्खा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट स्वतन्त्रमा सूर्य लामा, कार्मा टुण्डुप लामा र कांग्रेसकै माया लामाले मनोनयन दर्ता गराएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.