भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

१४ जनाको ज्यान जाने गरी बारमा बस दुर्घटना

१४ जनाको ज्यान जाने गरी बारमा बस दुर्घटना

काठमाडौं । यात्रुबाहक बस बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २५ जना घाइते भएका छन् । बिहिबार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस दुर्घटनमा भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट बस तल खोलामा खसेको जनाइएको छ ।

घाइतेहरूको सिमरास्थित अल्पाइन र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । तीब्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको हुन सक्ने घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.