भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

१७ बुँदे घोषणा पत्र अनुसार पोखरा उद्योग वाणिज्य संघ अघि बढ्छ : अध्यक्ष प्रजापति

१७ बुँदे घोषणा पत्र अनुसार पोखरा उद्योग वाणिज्य संघ अघि बढ्छ : अध्यक्ष प्रजापति

पोखरा । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन कुमार प्रजापति निर्वाचितले १७ बुँदे घोषणा पत्र कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रजापतिले सोमबार कैलाश खबर डटकमसंग कुरा गर्दै विभिन्न चुनौतीका बावजुत पनि उद्योग वाणिज्य संघ पोखराले निर्वाचनमा गरेका १७ बुँदे घोषणा पत्र अनुसार आफू अगाडी बढ्ने बताएका हुन ।

उद्योग वाणिज्य संघले बहुउदेश्य भवन निर्माण,पोखरा भरीका व्यवसायीहरुको हकहितका लागि आफूले कार्य सम्पादन गर्ने उनले बताए । प्रजापति पोखरा उद्योग वाणिज्य संघको ३४ औं अध्यक्षमा आइतबार निर्वाचित भएका हुन ।

अध्यक्षमा प्रजापतिले कुल १ हजार ६ सय १३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दि अर्जुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.