पोखरा। पोखरा उद्योग वाणिज्य संघको ३४ औं अध्यक्षमा पवन कुमार प्रजापती निर्वाचित भएका छन् । आइतबार सम्पन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनबाट अध्यक्षमा पवन प्रजापति निर्वाचित भएका हुन । प्रजापतिले कुल १ हजार ६ सय १३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दि अर्जुन पोखरेलले ८ सय ९७ मत प्राप्त गरेका थिए ।
महासचिवमा पवन प्यानलकै बलराम आचार्य ९ सय १० मत प्राप्त गरी विजयी भए छन् भने आचार्यका प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८ सय २९ र स्वतन्त्र तारानाथ ढुंगानाले ७सय ६९ मत प्राप्त गरेका थिए । संघको उपमहासविचमा पनि पवन प्यानलकी शोभा गौतम विजयी भएकी छन् । उनले १७ सय ५५ मत प्राप्त गरी गौतम विजयी बनेकी हुन् ।
कोषाध्यक्षमा पनि प्रजापति प्यानलबाटै उम्मेदवारी दिएका दिनेशचन्द्रबाँस्तोला निर्वाचित भएका छन् । सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, भरत केसी, सुदीप प्रधानांग, कृष्णप्रसाद कोईराला, दिलिपकुमार श्रेष्ठ, भीम गौतम, माधव वस्ताकोटी, मनोजकुमार श्रेष्ठ, र सुदीप ओझा निर्वाचित भएका छन् ।
निर्वाचित सदस्यहरुमध्ये ६ जना पवनकुमार प्रजापति समूहका हुन् भने बाँकी ४ जना अर्जुन पाखरेल समूहका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा प्रजापति प्यानलकै गोकर्ण कार्की विजयी भएका छन्। कार्कीसंग पोखरेल प्यानलबाट हरिहर सापकोटा प्रतिस्पर्धी थिए । उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी १७ सय ९१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी हिरामणि पण्डितले ७२० मत ल्याएका थिए ।
वाणिज्यतर्फको उपाध्यक्षमा पवन प्यानलका उत्तममान बुद्धाचार्य विजयी भएका छन् भने बुद्धाचार्यले ९ सय ६९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार शोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी पोखरेल समुहका कुमारी मुना बाँस्तोलाले ६४८ मत प्राप्त गरिन्कि थिइन ।
