भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

१९ औं एसियाली खेलकुदः भव्य उद्घाटनमा चीनको प्राचीन, कला, संस्कृति, परम्परा झल्कियो

१९ औं एसियाली खेलकुदः भव्य उद्घाटनमा चीनको प्राचीन, कला, संस्कृति, परम्परा झल्कियो

हाङ्चाओ । १९औं एसियाली खेलकुदको भव्य उद्घाटन भएको छ। चीनका राष्ट्रपति सी चिनफिङले हाङ्चाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आयोजित भव्य कार्यक्रममा १९औं एसियाली खेलकुदको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा चीनको प्राचीन, कला, संस्कृति, परम्परा झल्कने प्रस्तुति प्रस्तुत गरिएको थियो ।

लाइटिङको प्रस्तुति मनमोहकबनाउँदै चीनले तेस्रोपटक एसियाली खेलकुदको आयोजना गरेको हो । यसअघि सन् १९९० मा बेइजिङ र २०१० को गोङजाव एसियाली खेलकुद सफलतापूर्वक आयोजना गरेको थियो। उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारी गरी झन्डै १२ हजारले मार्चपास गरेका थिए।

हाङ्चाओ एसियाली खेलकुदमा ओलम्पिकमा भन्दा पनि बढी खेलाडी सहभागी भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। हाङ्चाओ एसियाली खेलकुदमा १२ हजारभन्दा बढी खेलाडी सहभागी हुँदा अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा १० हजार पाँच सयको मात्रै सहभागिता रहने जनाइएको छ।

प्रतियोगिताको उद्घाटन समारोहको मार्चपासमा निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोकेका थिए। निमा उसुकी खेलाडी हुन् भने वीरबहादुर तेक्वान्दो खेलाडी हुन्। निमा १२औं र १३औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता हुन् । वीरबहादुरले १३ औं सागमा स्वर्ण जितेका थिए ।

मार्चपासमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव तथा सेभ द मिसन टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, डेपुटी सेभ द मिसन अञ्जन धमला, चतुरानन्दराज वैद्य, विभिन्न संघका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलगायत सहभागी भएका थिए।

 


Thali Mobile Pvt.Ltd.