१ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने

१ अक्टोबरदेखि नेपालीसहित विदेशीलाई प्रवेश दिने

दोहा । ओमानले १ अक्टोबर ९असोज १५० देखि नेपालीसहित विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ ।

ओमानको कोभिड(१९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारहरुले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर लिनु पर्ने छैन ।

६ महिना ९१८० दिन० भन्दा बढी अवधि ओमान बाहिर रहनेहरूको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ लिएर मात्र ओमान प्रवेश गर्न पाइने दूतावासले जनाएको छ । ओमान सरकारको यो निर्णयसँगै अब विभिन्न समयमा विदामा नेपाल गएका तथा कोरोनाका कारण प्रतिबन्ध लगाएपछि रोकिएर बसेका नेपाली कामदारहरु ओमान फर्किन पाउने भएका छन् ।

अहिले ओमानबाट भिसा सकिएका र विभिन्न कारणले रोजगारी गुमाएका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.