भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

१ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी

१ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ६ जनालाई पक्राउ गरेको छ । अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन पार भएर बाहिर आईसकेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो । चार दिन अघि हङकङबाट क्याथेप्यासिफिकको विमान मार्फत काठमाडौं आईपुगेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बुधबार साँझ बरामद गरेको जनाएको छ ।

काठमाडौंको रेडी ट्रेड प्रालि नाममा उक्त सामान आए पनि सुन ल्याउने तस्कर को हो भन्ने घोषणा राजश्व अनुसन्धानका कर्मचारीहरुले गरेका छैनन् । १ सय ६० वटा प्याकमा ल्याइएको सुनको मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुने अनुमान छ । बरामद भएको सुन नेपालमा अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो परिमाण हो ।

पक्राउ पर्नेहरुमा रेडी ट्रेडका सञ्चालक भनिएका दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेण्ट राजेन्द्र राइ, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक र अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । स्कुटर पार्टस् र दाह्री काट्ने रेजर भनेर ल्याइएको सुनको यकिन मात्रा भने अझै निक्र्यौल भइसकेको छैन । सुनको वास्तविका साहु भने दीपक मल्होत्रा भएको अनुसन्धानमा संलग्न राजश्व अनुसन्धानका कर्मचारीहरुले बताएका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.