भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

काठमाडौंको फोहरलाई लिएर भइरहेको अवरोध हट्यो, गाउँपालिका र सहरी विकास मन्त्रालयबीच सहमती

काठमाडौंको फोहरलाई लिएर भइरहेको अवरोध हट्यो, गाउँपालिका र सहरी विकास मन्त्रालयबीच सहमती

काठमाण्डौ । सहरी विकास मन्त्रालय र गाउँपालिकाबीच सहमती भएपछि आन्दोलन रोकिएको छ । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध सहरी विकास मन्धालय र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै उक्त आन्दोलन रोकिएको हो। बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जानबाट रोकिए पछि काठमाण्डौमा एक हजार टन भन्दा धेरै फोहर थुप्रिएको थियो। फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए ।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ । ररातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको छ । दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन् ।

यसअघि पनि काठमाण्डौ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै गएको १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन थालेका थिए ।

 


Thali Mobile Pvt.Ltd.