१७ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
आज थपिएका ४८२ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ४६५६ पुगेको छ । कुल संक्रमितमध्ये ३० जनाको मृत्यु भएको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/630338460942627/
ट्राभल हिष्ट्री नभएका व्यक्तिमा समेत कोरोना संक्रमण
काठमाडौं उपत्यकाभन्दा बाहिरको भ्रमण अथवा यात्रा (ट्राभल हिष्ट्री) नगरेका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि संक्रमण समुदायमा फैलिएको आशंका गर्न थालिएको छ । मंगलबार काठमाडौं उपत्यका देखिएका १६ संक्रमितमध्ये तीन जना काठमाडौं निवासीमा कोरोना संक्रमण देखिएको छ।
उनीहरुको कुनै ट्राभल हिष्ट्री छैन। मंगलबार पनि संक्रमण देखिएका एक बालकको ट्राभल हिष्ट्री नभएको बताइएको छ ।यदि समुदायबाट बाहिर नगएका र संक्रमितको सम्पर्कमा नआएका धेरै व्यक्तिलाई संक्रमण देखिएमा समुदायमा संक्रमण फैलिएको भनिन्छ ।
मंगलबार रसियन राजदूताबासमा खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीमा संक्रमण देखियो । उनी पेट दुखेर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गएका थिए । चिकित्सकले इन्डोस्कोपी गर्नुपर्ने बताएपछि उनको पहिले पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको बताइएको छ । कुनै पनि लक्षण नभएका उनको कुनै ट्राभल हिष्ट्री नभएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
त्यसैगरि मंगलबार नै काठमाडौं महानगरपालिका शंखमूल बस्ने एक गर्भवतिमा समेत कोरोना संक्रमण देखियो । उनको शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भएपछि पाटन अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणमा कोरोना पोजिटिभ आएको थियो । तर, उनमा कोरोनाको कुनै लक्षण नभएको र ट्राभल हिष्ट्री नभएको महाशाखाले जनाएको छ ।
यस्तै, ट्राभल हिष्ट्री नभएकी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । काभ्रे स्थायी ठेगाना भएकी उनी हाल भक्तपुर नगरपालिका दुवाकोटमा बस्दै आएकी छिन् । उनलाई पनि कोरोना सम्बन्धित कुनै लक्षण देखिएको छैन ।
त्यसबाहेक मंगलबार देखिएका अन्य १३ संक्रमितमध्ये ९ जना कुबेत, दुवई र साउदीअरव बाट आएका व्यक्ति हुन् । भने चार जना विभिन्न जिल्लाबाट काठमाडौं आएका व्यक्तिहरु भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देखिएका संक्रमित मध्ये ९५ प्रतिशत बाहिरी देशबाट आएका व्यक्तिहरु हुन् । भने स्थानीय रुपमा ५ प्रतिशत व्यक्तिलाई संक्रमण देखिएको छ ।
पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने
नेपालमा पिसिआर परीक्षण निश्चित व्यक्तिले मात्र गर्न पाउँछन् । लक्षण भएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र ज्वरो खोकीको लक्षण भएका र अस्पतालमा भर्ना गर्नुपर्ने व्यक्तिको मात्र सरकारले पिसिआर गर्दै आएको छ । तर अब वीर अस्पतालमा निश्चित रकम तिरेर पिसिआर परीक्षण गर्न पाईन्छ।
कुनै ट्राभल हिस्ट्रि नभएको तर आफुलाई शंका लागेका व्यक्तिले वीर अस्पतालमा पैसा तिरेर अर्थात् सशुल्क पिसिआर परीक्षण पाउने व्यवस्था लागू भएको छ । वीर अस्पतालमा यो व्यवस्था लागू भएको दुई साता भएको छ । कोरोना भए नभएको थाहा पाउन चाहने व्यक्तिले ५५ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्न सक्ने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए ।
कोरोना परीक्षण हुने २३ प्रयोगशालामध्ये वीर अस्पताल पनि एक हो । हाल वीर अस्पतालका कोरोना परीक्षणको परीक्षण १ सय ५० छ । यसमध्ये २५ प्रतिशत पिसिआर परीक्षण सशुल्कका लागि छुट्याएको डा. सेन्चुरीले बताए । सशुल्क पिसिआर परीक्षणले सर्वसाधारणलाई सहज बनाइएको उनको भनाई छ ।
उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १०, भक्तपुरमा २ र ललितपुरमा ५ जना गरी १७ जना संक्रमित थपिएको जानकारी दिए ।
थपिएका संक्रमितको अवस्था सामान्य रहेको छ । काठमाडौं उपत्यकासहित बुधबार देशभर थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ...
चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी...
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम...
लुम्बिनी । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ। कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट...