भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

६ महिनाभित्र पुटिनलाई प्यारालाइसिस हुने गुप्तचरको दाबी

६ महिनाभित्र पुटिनलाई प्यारालाइसिस हुने गुप्तचरको दाबी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर हाल अन्तर्राष्टिय समुदायमा अनेक अड्कल बाजी हुने गरेको छन् ।

यसैवर्षको अन्त्यतिर इन्डोनेसियाको बालीमा हुन गइरहेको जि–२० समूहको सम्मेलनमा समेत पुटिनले सहभागिता जनाउँछन् वा जनाउँदैनन् भन्ने अधिकारिक पुष्टी नभइसकेको कारण पनि उनको स्वास्थ्य अवस्थालाई लिएर थप टिप्पणी हुन थालेको छ ।

अन्तर्राष्टिय सञ्चार माध्यम एण्टरा न्युजमा रुसी राजदूत ल्युडमिला वोरोवीएभाले जि–२० सम्मेलनमा पुटिनको उपस्थिती हुन्छ वा हुँदैन भन्ने हालसम्म निर्णय नभएको बताए ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग भएको फोनवार्तामा भने पुटिनले उक्त सम्मेलनमा उपस्थित हुने बताएको बुझिएको छ ।यसैबीच बेलायतको भूतपूर्व गुप्तचर विभाग एमसिक्सटीनका संस्थापक गुप्तचर क्रिस्टोफर स्टिलले पुटीनको स्वास्थ्य अवस्था अत्यनतै नाजुक रहेको बताए ।

आगामि ६ महिनाभित्र उनलाई पूर्ण प्यारालाइसिस हुन सक्ने दाबी गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.