अछाममा २ जना र झापामा एक जनाको मृत्यु

अछाममा २ जना र झापामा एक जनाको मृत्यु

अछाम । अछाममा दुईजनाको मृत्यु भएको छ । अटोरिक्सा दुर्घटना हुँदा अछाममा दुईजनाको मृत्यु हुनेका साथै चारजना घाइते भएका हुन ।

दुर्घटनामा गम्भीर घाइते भएका अटोरिक्सा चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याउने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५५४५ नम्बरको अटोरिक्सा राति करिब १२ बजे मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ । दुर्घटनामा परी कमलबजार–४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नं ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन् ।

यता झापामा मोटरसाइकल भैँसीसँग ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो।

 

 


Thali Mobile Pvt.Ltd.