भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अत्याधिक चिसोका कारण मुस्ताङको जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण मुस्ताङको जनजीवन प्रभावित

म्याग्दी । मुस्ताङमा भएको हिमपात र अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ । म्याग्दीका उच्च भागमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन्।

लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयको भनाइ छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सुसमेत लागेको छ।

सदरमुकाम जोमसोम र म्याग्दी सदरमुकाम बेनी आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको स्थानीयले बताए। वर्षा र हिमपात र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडानसमेत प्रभावित भएको छ।

मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। जाडोले जनजीवन प्रभावित भएको बेनी नगरपालिका–२ का वेदप्रसाद उपाध्यायले बताए । बिहीबार रातिदेखि जिल्लामा लगातार पानी परिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.