भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अदालत पनि बिचौलियाको रजाईं

अदालत पनि बिचौलियाको रजाईं

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गर्नुअघि दुई घण्टा प्रश्नोत्तर गरेको संसदीय सुनुवाइ समितिले न्यायालयप्रति जनताको आस्था र विश्वास किन घट्दो छ ? भनेर प्रश्न सोध्यो । न्यायालयमा बिचौलिया हावी भएको जवाफ दिने क्रममा कार्कीले बताएका छन् ।

न्यायालयमा बिचौलियाको प्रभाव रहेको स्वीकार गरेका उनले समाधानका लागि विगतका अध्ययन, विद्यमान अभ्यास र आगामी कार्ययोजना समेत समितिसमक्ष प्रस्तुत गरे । सर्वोच्चले २९ साउन २०७७ मा कार्कीकै नेतृत्वमा न्यायपालिकाको विकृति, विसंगति, अनियमितता,

भ्रष्टाचार एवं बिचौलियाको चलखेलबारे अध्ययन गर्न समिति नै बनाएको थियो । १४ साउन २०७८ मा सर्वोच्च अदालतमा बुझाएको प्रतिवेदन समितिको प्रतिवेदनमा ‘न्यायाधीश नियुक्तिबाटै न्यायालयमा भ्रष्टाचार सुरु हुने र कतिपय न्यायाधीश नै बिचौलिया रहेको’ उल्लेख छ ।

कार्की नेतृत्वको समितिको प्रतिवेदनलाई समेत आधार बनाएर सांसदहरूले अदालतमा रहेको बेथितिका सम्बन्धमा प्रश्नहरू गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.