भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

अनलाइनबाट जुवा खल्ने उपत्यकाका ७४ जना पक्राउ, ६ लाख ९० हजार बरामद

अनलाइनबाट जुवा खल्ने उपत्यकाका ७४ जना पक्राउ, ६ लाख ९० हजार बरामद

काठमाण्डौं । अनलाइनबाट जुवा खेल्ने ७४ जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ ।

आइतवार राति काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा अनलाइन जुवा बिङ्गो खेलिरहेको अवस्थामा ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । दोलखाका सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा उनीहरूले जुवा खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो ।

६६ जना पुरुष र आठ जना महिला पक्राउ परेका हुन् । रेस्टुरेन्टमा ठूलो सङ्ख्यामा मान्छेहरू जम्मा भएर अनलाइन जुवा खेलेको सुराकीका आधारमा छापा मारेको प्रहरीले उनीहरूको साथबाट ६ लाख ९० हजार रुपैयाँ नगद, मोबाइल लगायतका सामग्री बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पछिल्लो समय अनलाइनबाट जुवा खेलाउने क्रम बढेको भन्दै प्रहरीले सक्रियता पूर्वक खोजतलास गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.