भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

अनाथ बालबालिकासंग भक्तपुर नगरपालिका

अनाथ बालबालिकासंग भक्तपुर नगरपालिका

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका छन् । भक्तपुर नपाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरुलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गरेका हुन । प्रमुख प्रजापतिले भक्तपुर नपाले आर्थिक रुपले पिछडिएका विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन शैक्षिक ऋण तथा छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको जानकारी दिए ।

उनले विद्यार्थीहरु नैतिकवान हुनुपर्नेमा जोड दिँदै विद्यार्थीहरु आफ्नो लक्ष्य प्राप्त गर्न प्रतिबद्ध भएर अध्ययनमा लाग्न सुझाए । प्रजापतिले विद्यार्थीहरुको साथ र संगत राम्रो भए उनीहरुको भविष्य पनि राम्रो हुने बताउँदै शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गलत काम गर्नबाट समयमै सचेत पार्नुपर्ने बताए । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले आर्थिक रुपले कमजोर बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गर्न सके उनीहरु पनि अरु विद्यार्थीसरह व्यक्तित्व विकासमा अगाडि बढ्ने बताए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विद्यार्थी जीवनदेखि राम्रोसँग मेहनत गरी अध्ययन गर्न विद्यार्थीहरुलाई प्रेरित गरे । कार्यक्रम कार्यपालिका सदस्य रोशनमैया सुवाल, कार्यपालिका सदस्य छोरीमैंया सुजखू र वडा नं. ८ का वडा सदस्य सुमित्रा बोहजूले समेत आफ्नो विचार रानेका थिए ।

समाजसुधार, बालविकास इ. स्कूल, ब्रम्हचारिणी, बासु मावि, भीम आदर्श, बागीश्वरी, वाइजल्याण्ड र मेधा माविमा अध्ययनरत ३१ जना अनाथ बालबालिकाहरुलाई पेन, साइनपेन, सिसाकलम, बक्स, कलर बक्स, पेन्सिल कलर, स्केल, कम्पास, ड्रइङ कपी, प्रोट्याक्टर, कापी, गम, कैची, सेलो टेप, एक्ज्याम बोर्ड, स्टीक फाइल र स्कुल ब्याग वितरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.