काठमाडौं । पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई सशस्त्र प्रहरी बलका युनिटहरुमा निषेध गरिएको छ ।
आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति समेत अख्तियार गरेको छ ।
सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको हो । ‘देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेको जनाएको छ । आचरण सम्बन्धी स्थायी आदेश नै जारी गरेको सशस्त्र प्रहरीले विदेश तालिममा पठाउनका लागि नीति तर्जुमा गरेर नियम संगत रुपमा क्राइटेरियाभित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था गरेको जनाएको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिँदै ६५ युनिटहरुमा जवान मेसको स्तरोन्नति गरिएको जनाइएको छ । सशस्त्र प्रहरी कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटलाई समेत कडाइ गरिएको छ ।
