भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी

अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी

अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारीकाठमाडौं । स्थानीय तह निर्वाचनमा ७ सय ५३ वटै पालिकामा १ लाख ३६ हजार २ सय ६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहमा वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ ।

२०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए भने यसपाली १ लाख ३६ हजार २ सय ६९ ले उम्मेदवारी दिएका छन् ।

कुन पदमा कति ?
मेयरः ३ हजार २६१
अध्यक्षः ३ हजार २५४
उपमेयरः २ हजार ३
उपाध्यक्षः २ हजार २९२
वडाध्यक्षः ३२ हजार ५९
महिला सदस्यः २३ हजार ३ सय ७५
दलित महिला सदस्यः २१ हजार ११५
सदस्यः ४८ हजार ९१०

मंगलबार उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले तयारी थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.