भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अबदेखि फोहर बोक्ने गाडीलाई टाइमकार्ड

अबदेखि फोहर बोक्ने गाडीलाई टाइमकार्ड

काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाले फोहोर बोक्ने गाडीलाई टाइमकार्ड लगाएको छ । काठमाण्डौको मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहर बोक्ने गाडीलाई शनिवारदेखि उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डौ महानगरपालिकाको संयुक्त पहलमा टाइमकार्ड लागू गरिएको हो ।

मुडुखुदेखि तीनपिप्लेसम्मको सडक खण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडक खण्डमा प्रतिघण्टा २० किलोमिटर गति समेत निर्धारण गरिएको छ । तोकिएको ठाउँमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा गाडी चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि टाइमनकार्ड लागू गरिएको र मुडुखु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए–नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोष्टले गर्ने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.