भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अब महिला कलाकारले अभिनय गर्न नपाउने

अब महिला कलाकारले अभिनय गर्न नपाउने

काठमाडौं । अफगानिस्तामा तालिबान सरकारले महिलाहरुलाई टेलिभिजन सिरियलमा अभिनय गर्क रोक लगाएको छ। टिभीमा महिला पत्रकार र प्रस्तोतालाई टाउको छोप्ने पहिरन लगाउन आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

महिलाहरुमाथि बन्देज लगाउँदै आएको भनेर आलोचना समेत भइरहेको छ। यसअघि पनि किशोरीलाई विद्यालय नजान र घरमै बस्न आदेश दिइएको थियो। सन् १९९० मा पनि तालिबानले किशोरीलाई विद्यालयमा जान प्रतिबन्ध लगाएका थियो ।

पछिल्लोपटक चीनले कानुन खुकुलो बनाउन अनुरोध गरेको छ । महिला माथिको प्रतिबन्ध हटाउन अनुरोध गरेको संचारमाध्यमले जनाएका छन् । यसैबीच चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ।

चिसो मौसमका लागि भन्दै चीनले यस्ता सामग्री पठाएको बुझिएको छ । रेलमा करिब एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीले बताएका छन्। विगतदेखि अफगानिस्तानलाई चीनले सहयोग गर्दै आएको छ। खाद्यान्न, लत्ता कपडा, औषधिहरु पठाएको हो ।

 


Thali Mobile Pvt.Ltd.