भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढायो

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढायो

एजेन्सी । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । बैंकिङ क्षेत्र धरासायी बन्दै गर्दा अर्थतन्त्रमा स्थिरता ल्याउने उदेश्यले ब्याजदर बढाएको जनाएको छ । अमेरिकी बैंकिङ प्रणाली सुरक्षित रहेको दावी गरेको फेडरलले आगामी दिनमा अर्थतन्त्रमा चुनौती थपिने चेतावनी समेत दिएको छ । फेडरल रिजर्भले शून्य दशमलव २५ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको हो ।

अर्थशास्त्रीहरुले यो वर्ष अमेरिकी अर्थतन्त्रमा शून्य दशमलव ४ प्रतिशत भन्दा बढी वृद्धि नहुने बताएका छन् । आगामी वर्ष पनि आर्थिक वृद्धि निकै सुस्त हुने उनीहरुको प्रक्षेपण रहेको छ । निक्षेपको ब्याजदर बढेसँगै बैंकबाट लिइने ऋण तथा सापटी पनि महँगो हुने भएकाले समग्र रुपमा महँगी बढ्ने जनाइएको छ ।

१ महिनाभित्र सिलिकन भ्याली, सिग्नेचर र फस्र्ट रिपब्लिक बैंक डुबेपछि अमेरिकी अर्थतन्त्र गम्भीर मन्दीतर्फ जान लागेको आशंका भइरहेको बेला फेडले सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.