भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि हुने

अमेरिकी शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्चुअल रूपमा आयोजना गर्ने शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भएका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकारले प्रतिनिधिमण्डल पनि गठन गर्ने निर्णय गरेको छ ।

सम्मेलन यही मङ्सिर २३ र २४ गते तय भएको छ । यसैबीच मन्त्रिपरिषद्का निर्णय मङ्गलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका विभिन्न मुलुकबाट नेपाल भित्रिने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी सरकारले नयाँ आदेश जारी गरेको बताए ।

बैठकले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० अर्ब जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न एक टोली गठन गर्ने जानकारी दिए ।

यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई ‘अन कम्पास इन्टरनेसनल समिट एन्ड ह्युमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेन्डेमिक ट्रान्सफरमेसन एन इमर्जेन्सी प्रिपियर्नेस’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको बताए ।

उक्त कार्यक्रम यही मङ्सिर १५ र १६ गते आयोजना हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.