भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अमेरिकी शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि हुने

अमेरिकी शिखर सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागि हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्चुअल रूपमा आयोजना गर्ने शिखर सम्मेलन ‘समिट फर डेमोक्रेसी’मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भएका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकारले प्रतिनिधिमण्डल पनि गठन गर्ने निर्णय गरेको छ ।

सम्मेलन यही मङ्सिर २३ र २४ गते तय भएको छ । यसैबीच मन्त्रिपरिषद्का निर्णय मङ्गलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका विभिन्न मुलुकबाट नेपाल भित्रिने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी सरकारले नयाँ आदेश जारी गरेको बताए ।

बैठकले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० अर्ब जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न एक टोली गठन गर्ने जानकारी दिए ।

यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई ‘अन कम्पास इन्टरनेसनल समिट एन्ड ह्युमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेन्डेमिक ट्रान्सफरमेसन एन इमर्जेन्सी प्रिपियर्नेस’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको बताए ।

उक्त कार्यक्रम यही मङ्सिर १५ र १६ गते आयोजना हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.