भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

अवैध काठ ओसारपसारमा संलग्न पक्राउ

अवैध काठ ओसारपसारमा संलग्न पक्राउ

मोरङ ।  काठ तस्करीमा संलग्न ४ जना लाई प्रहरीले पक्राउ गरेकाे छ । प्रतिबन्धित सखुवा जातको काठ अवैध रुपमा चोरी निकासी गरिरहेकाे अवस्थामा उनीहरू पक्राउ परेकाे प्रहरीकाे भनाई  छ ।

ई.प्र.का.केराबारीबाट खटिएको प्रहरीकाे संयुक्त टोलीले पक्राउ गरेकाे हाे । केराबारी गाउँ पालिका वडा नं. ३ स्थित भ्यूडाँडामा को ३८ प १४२४ नम्बरको एफ.जेट मोटरसाईकलमा आएका दुइ जनालाई सोधपुछ गर्दा को १ च ९०७४ नम्बरको सेतो पिकअप गाडीमा चिरान काठ बिक्रि वितरण गर्ने उद्देश्यले ल्याउँदै गरेको भनेपछि प्रहरीले खानतलासी गर्याे ।

Wood smugglerगाडी चेकजाँच गर्दा उक्त गाडीको पछाडी डालामा सखुवाको विभिन्न साईजको काठ थान ८६ (छयासी) थान भेटिएकाे हाे ।  ४२.४२ कि.वि. साइजका काठ फेला पारेकाे र उक्त काठ ओसारपसार गर्न प्रयोग भएको को १ च ९०७४ नम्बरको पिकअप भेन र काे ३८ प १४२४ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिएकाे छ ।

तस्करीमा संलग्न भएकाे आराेपमा  केराबारी ३ बस्ने वर्ष ३८ का बिष्णु सुहाङ लिम्बु, वर्ष ३८ का सुसन लिम्बु, वर्ष ३३ का हरि लिम्बु र वर्ष २३ का बिक्रम लिम्बुलाई पक्राउ गरी बरामद भएको काठ, सवारी साधनलाई सब डिभिजन वन कार्यालय केराबारीमा आवश्यक कारवाहीका लागि पठाइएकाे माेरङ प्रहरीले बताएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.