भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

असुरक्षित बालबालिका: गौरीशंकर बालगृहमा समस्या

असुरक्षित बालबालिका: गौरीशंकर बालगृहमा समस्या

दोलखा । गौरीशंकर बालगृहको व्यवस्थापनमा समस्या देखिएको छ । अभिभावकविहीन भएका बालबालिकालाई आश्रय दिन बनेको उक्त बालगृहका बालबालिकालाई उचित स्याहारसुसार र पालनपोषण गर्न समस्या भएको हो ।

भीमेश्वर नगरपालिका–५ मा रहेको बालगृह करिव ७७ रोपनी जग्गामा छ। ४ वटा भवनहरू जीर्ण छन् । चिसो भुइँमा रात काट्न बाध्य बालकहरू सरोकारवाला निकायका कारण बेखबर जस्तै भएका छन् ।

न्यानो कपडा, ओड्ने ओछ्याउनेलगायत सामग्री उपलब्ध गराउन सरकारले पनि कुनै चासो देखाएको छैन । २०५३ सालमा नेपाल बाल संगठनले सञ्चालन गर्ने सहमति अनुसार आधुनिक भवनहरूसहित गौरीशंकर बालगृहको स्थापना भएको थियो ।

अहिले यसको अवस्था नाजुक छ । दोलखा, रामेछाप, हुम्ला, जुम्ला, नुवाकोटलगायतका जिल्लाका २१ जना अभिभावकविहीन बालकहरू यहाँ रहेका छन् । बाल संगठनको मातहतमा रहेको गौरीशंकर बालगृहको भवन भूकम्प गएको ८ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा बालगृहमा बस्दै आएका बालकहरू चिरा परेको जीर्ण भवनमा जोखिम मोलेर बस्नु परेको छ ।

भीमेश्वर नगरपालिकाको सहयोगमा भवनको केही चिरालाई टाल्ने काम भएको नेपाल बाल संगठन दोलखाका सभापति रामप्रसाद सापकोटाले बताए । कार्यलय सहयोगी, भान्से र बालगृह प्रमुख गरी हाल बालगृहमा ३ जना कर्मचारी कार्यरत छन् । गत ५ महिनादेखि उनीहरूले तलब पाएका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.