भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

महिलालाई स्वरोजगार बनाउँन मन्डनदेउपुरमा उद्ममशिलता तथा हस्तकला तालिम

महिलालाई स्वरोजगार बनाउँन मन्डनदेउपुरमा उद्ममशिलता तथा हस्तकला तालिम

भक्तपुर  । नगरकोटमा थि स्टार ह्याण्डीक्राफ्ट र मन्डनदेउपुर नगरपालिकाको संयुक्त आयोजनामा महिलाहरुका लागि उद्ममशिलता तथा हस्तकला सम्बन्धी आधारभुत तालिम सञ्चालन भएको छ ।

तालिमको उद्घाटन मन्डनदेउपुर नगर प्रमुख टोक बहादुर वाईबाले गरेको अध्यक्ष राममाया तामाङले बताइन् । बेरोजगार महिलालाई स्वरोजगार बनाउँन यस्तो तालिम सञ्चालन गरिएको मन्डनदेउपुर नगर उप–प्रमुख विष्णुमणी नेपालको भनाइ छ ।

तालिममा घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख यादव नाथ आचार्य, वडा अध्यक्षहरु, नगरकोट नाल्दुम पर्यटन विकास समिति, प्रहरी प्रशासन, श्यानफन छोर्खोलिङ्ग गुम्बा अध्यक्ष लगायत महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

मन्डनदेउपुर नगरपालिका र थ्रि स्टार ह्याण्डीक्राफट साझेदारी फर्मको सहकार्यमा सञ्चालित तालिममा मन्डनदेउपुर नगरपालिका वडा नं १ देखि ६ वडासम्मका जनजाती, दलित, पिछडा वर्ग तथा आर्थिक रूपमा विपन्न ६० जना महिलाहरु सहभागि छन् ।

उनीहरुलाई १५ दिने हस्तकला सम्बन्धी आधारभुत सिपमुलक तालिम एवं प्रशिक्षण दिन लागिएको हो । सम्बन्धीत वडा कार्यालयको सिफारिसमा उनीहरु सहभागि भएका छन् ।।

महिलालाई स्वरोजगार बनाउँन मन्डनदेउपुरमा उद्ममशिलता तथा हस्तकला तालिम

 


Thali Mobile Pvt.Ltd.