भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अस्पतालबाट भागेका कैदी लुभूमा भेटिए

अस्पतालबाट भागेका कैदी लुभूमा भेटिए

काठमाडौं । शिक्षण अस्पतालमा उपचार गर्न लगेका एक कैदी भागेको केही समय मै प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार ललितपुरको लुभूबाट भोला बुढाथोकी (भागेका कैदी)लाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको अनाश्रीत गुल्म नख्खुमा रहेका उनी उपचारका क्रममा भागेका थिए ।

कर्तव्य ज्यान मुद्दाका कैदी रामेछापका बुढाथोकीलाई कारागारले उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । बुधबार अपराह्न करिब सवा चार बजे बुढाथोकी भागेका हुन् । घटनापछि प्रहरीले कारागार कार्यालय नख्खुका प्रमुखलाई जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

यस्तै कैदीको सुरक्षामा खटिएका प्रहरीलाईसमेत निलम्बन गरिएको छ । अनुसन्धानका लागि प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरि थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.