भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

काठमाडौंका ३२ वटै वडामा रहेका अवैध संरचना भत्काउन बालेनको निर्देशन

काठमाडौंका ३२ वटै वडामा रहेका अवैध संरचना भत्काउन बालेनको निर्देशन

काठमाडौं । अवैधरूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने कार्य काठमाडौं महानगरपालिकाले सुरु गरेको छ । कामपा प्रमुख बालेन शाहको सचिवालय भन्छ, ‘यो अभियान सञ्चालन भएको छ, कामपाको ३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राखिदैन ।’

नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने भएको हो । बुधबार सुन्धरास्थित काठमाडौं मलको आसपासमा निर्माण भएका अनधिकृतरुपमा बनाइएका संरचनामा डोजर लगाएर भत्काइएको छ ।

महानगर प्रमुख शाहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना डोजर लगाएर भत्काइएको छ । दरबारमार्गका अनधिकृत संरचना हटाउन निर्देशन पनि दिएका छन् । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएका स्थानमा राखिएका पसलसमेत हटाइएका थिए ।

जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको वेवास्ता गरेपछि बुधबारदेखि अवैध संरचना भत्काउने काम सुरू गरेको हो । उक्त कार्य सुरु गरेसँगै आगामी दिनमा पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.